नियम ९क
बोर्डले निर्धारण गरेको मापदण्डको आधारमा अनुमति दिनेः
(१) स्थानीय तहले होर्डिङ्ग बोर्ड, सवारी साधन लगायत अन्य माध्यमबाट विज्ञापन गर्न बोर्डले निर्धारण गरेको विधि तथा आकार, प्रकार र मापदण्ड बमोजिम स्थानीय कानून बमोजिमको शुल्क लिई अनुमति दिनु पर्नेछ।

(२) उपनियम (१) बमोजिम अनुमति दिँदा स्थानीय तहले त्यस्तो विज्ञापन गर्न उपयुक्त स्थान भए वा नभएको समेत पहिचान गर्नुपर्नेछ ।

(३) होर्डिङ्ग बोर्ड, सवारी साधन लगायत अन्य माध्यममा कुनै व्यक्तिको फोटो राखी विज्ञापन गर्ने भएमा स्वदेशी कलाकार वा व्यक्तिको फोटो प्रयोग गर्नु पर्नेछ।